नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र ई-गभर्नेन्स बोर्डको संयुक्त आयोजनामा "ई-गभर्नेन्स र सूचना प्रविधिको प्रयोग" विषयक प्रशिक्षक छलफल कार्यक्रम मिति २०८२-०१-०५ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्राङ्गण, जावलाखेलमा सम्पन्न भयो। उक्त कार्यक्रममा भूमि प्रशिक्षण केन्द्र लगायत नेपाल सरकारका सातवटा क्षेत्रगत तालिम प्रदायक संस्थाहरू, नेपाल राष्ट् बैंक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय न्यायीक प्रतिष्ठान, बागमती प्रदेश सुशासन केन्द्र र नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सुभारम्भ गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालज्यूले सेवा प्रदायक संस्थाहरूको ई-गभर्नेन्स सम्बन्धी क्षमता अभिवृद्धि गर्नका लगि ई-गभर्नेन्स बोर्डसँग सहकार्य सुरु भएको र निकट भविष्यमा MOU गरी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराउनु भयो। ई-गभर्नेन्सले Gen x, z हुदै alpha पुस्तालाई समेत जोड्नु पर्ने विषय उजागर गर्दै तालिम प्रदायक निकायहरुलाई यो चुनौतीका रुपमा रहेको र प्रविधिका साथ-साथै अध्यावधिक गर्दै जानुपर्नेमा विशेष जोड दिनुभयो। सहभागी संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नो र संस्थाको परिचय दिदै आ-आफ्ना निकायमा रहेको सूचना प्रविधिको प्रयोग सम्बन्धमा सम्क्षेपमा जानकारी गराउनुभयो। ई-गभर्नेन्स बोर्डका तर्फबाट प्रस्तुती गर्दै सहसचिव श्री सुभाष ढकालज्यूले नेपाल सरकारबाट भएका ई-गभर्नेन्स सफल अभ्यासका बारेमा चर्चा गर्दै विभिन्न क्षेत्रका कर्मचारीहरूलाई आवश्यक हुने विभिन्न किसिमका विशिष्टिकृत विशषवस्तुका बारेमा चर्चा गर्नुभयो। यसका साथै ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दिपेश बिष्टज्यूले eGoverance Blueprintका सात स्तम्भहरूको बारेमा जानकारी दिनुका साथै Data Exchange platform, नागरिक सेवा केन्द्र, eGovernance Champions का बारेमा विस्तृत रुपमा प्रकाश पार्नुभयो। ई-गभर्नेन्स बोर्डले तयार पारको ई-गभर्नेन्स सम्बन्धी पाठ्य सामग्री तथा eLearning platform का सम्बन्धमा ई-गभर्नेन्स बोर्डका कम्प्युटर इन्जिनियर श्री केदारमणि भण्डारीज्यूले जानकारीमूलक प्रस्तुतीकरण गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेलज्युले सूचना प्रविधिको तिब्र विकास सँगै कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै लानु पर्ने र यसका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो राखेको र आवश्तकता अनुसार समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उप-कार्यकारी निर्देशक विष्णु प्रसाद लम्सालज्यूले आयोजकका तर्फबाट धन्यवाद प्रकट गर्दै यस किसिमको सहकार्यलाई निरन्तरता दिदै लाने प्रतिवद्धता व्यक्त गरी कार्यक्रा समापन गर्नुभयो।