NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६

बागमती प्रदेशस्तरीय ई-गभर्नेन्स सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागमती प्रदेशस्तरीय  ई-गभर्नेन्स सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०८२ वैशाख १५ गते बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा(तामाङ)ज्यूको प्रमुख आतिथ्यता र ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दिपेश विष्टज्यूको अध्यक्षतामा बागमती प्रदेश सभाका प्रमुख सचेतकहरू बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिवज्यू, बागमती प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख/अध्यक्ष, बागमती प्रदेशस्थित मन्त्रालयका सचिवज्यूहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रविधि अधिकृत लगायत अन्य कर्मचारीहरुसँग ई-गभर्नेन्स सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भयो। उक्त कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका सहसचिवले राष्ट्रिय सतर्कता केन्द्र र ई-गभर्नेन्स बोर्डको लक्ष्य सुशासन नै भएको र एक अर्काका पूरक रहेको चर्चा गर्दै केन्द्रले लिएका ई-गभर्नेन्स सम्बन्धी पहलका विषयमा प्रस्तुतीकरण गर्नुभयो। कार्यक्रममा  Keynote Speech दिने क्रममा ई-गभर्नेन्स बोर्ड प्रमुख कार्यकारी अधिकृत श्री दिपेश बिष्टज्यूले ई-गभर्नेन्स सम्बन्धी कार्यक्रमको उद्देश्यसहित प्रस्तुतीकरण गर्नुभयो। प्रतुतीकरणमा eGoverance Blueprintका सात स्तम्भहरूको बारेमा जानकारी दिनुका  साथै Data Exchange platform, नागरिक सेवा केन्द्र, eGovernance Champions का बारेमा विस्तृत रुपमा प्रकाश पार्नुभयो। उक्त कार्यक्रममा मकवानपुरगढी गाउँपालिका र खैरहनी नगरपालिकाको समेत प्रस्तुतीकरण रहेको थियो। बागमती प्रदेश सभाका नेपाल कांग्रेसका मुख्य सचेतक मा. गोबिन्द लम्साल  र ने.क.पा.माओवादी केन्द्रका प्रमुख सचेतक  मा. रत्न प्रसाद ढकालको  उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा(तामाङ)ज्यूले पुरातनवादी सोच फेर्दै हामी सक्छौ र गर्छौ भन्ने नविन सोचका साथ ई-गभर्नेन्सलाई व्यवहारमा लागु गरी सेवा प्रवाहमा रूपान्तरण गरी नागरीक सन्तुष्टी वृद्धि गर्नु पर्नेमा विशेष जोड दिनुभयो। यसका साथै उहाँले बागमती सरकारले अबलम्बन गरेका केही पहलका बारेमा जानकारी गराउदै प्रदेश निजामती किताबखानामा प्रणालीको प्रयोग र GIOMS प्रणालीको प्रयोगको चर्चा गर्नुभयो। विधि र विधान लागू गर्नका लागि प्रतिबद्ध हुनुपर्ने कुरामा जोड दिदै बागमती प्रदेशमा ई-गभर्नेन्सको कार्यान्वयनका लागि प्रतिबद्धता समेत व्यक्त गर्नुँयो। उक्त कार्यक्रमको समापन गर्दै  ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दिपेश विष्टज्यूले कार्यक्रमका सहभागी हरुको जिज्ञासाहरूको समाधान गर्नुका साथै सार्वजनिक सेवा प्रवाह पालिकास्तरबाट बढी हुने र तीनै तहका सरकारहरुबीचमा ई-गभर्नेन्स कार्यक्रममा समन्वय गर्ने प्रतिबद्धता गर्दै कार्यक्रमको समापन गर्नुभयो।