NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८

गण्डकी प्रदेशमा ई-गभर्नेन्स सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम

गण्डकी प्रदेशमा ई-गभर्नेन्स सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम

मिति 2081 चैत्र 29 गते गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेज्यूको प्रमुख आतिथ्यता र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा गण्डकी प्रदेश सभाका प्रमुख सचेतकहरूज्यू, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिवज्यू, गण्डकी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख/अध्यक्ष, गण्डकी प्रदेशस्थित मन्त्रालयका सचिवज्यूहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रविधि अधिकृत लगायत अन्य कर्मचारीहरुसँग ई-गभर्नेन्स सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दिपेश बिष्टज्यूले ई-गभर्नेन्स सम्बन्धी Keynote Speech दिदै कार्यक्रमको उद्देश्यसहित प्रस्तुतीकरण गर्नुभयो।प्रतुतीकरणमा ़़eGoverance Blueprintका सात स्तम्भहरूको बारेमा जानकारी दिनुभयो। यसका साथै Data Exchange platform, नागरिक सेवा केन्द्र, eGovernance Champions का बारेमा प्रकाश पार्नुभयो। उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका र कुश्मा नगरपालिकाको समेत प्रस्तुतीकरण रहेको थियो। गण्डकी प्रदेश सभाका नेपाल कांग्रेसका मुख्य सचेतक मा.नन्द प्रसाद न्यौपाने, ने.क.पा.एमालेका प्रमुख सचेतक मा.गोविन्द बहादुर नेपाली र ने.क.पा.माओवादी केन्द्रका मा. कुसुम पुनको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेज्यूले ई-गभर्नेन्सको माध्यमबाट तीनवटै तहका सरकारबाट हुने सेवा प्रवाह सरल, सहज र सुविधायुक्त हुने र संघले विकास गरेको सफ्टवेयर प्रदेश र स्थानीय तहमा दिनुपर्छ जसबाट कार्य सहजता हुने, सेवाग्राहीहरुलाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ भन्ने कुरामा विशेष जोड दिदै गण्डकी प्रदेश भित्रका सरकारी अस्पतालहरूमा कार्यान्वयनमा ल्याईएको डाटा आदन प्रदान र त्यसले सिवाग्रहाीमा ल्याएको सहजताको चर्चा गर्नुभयो।उक्त कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री तथा न्त्रिपरिषद्को कार्यालयका श्रीमान् सचिव श्री चुडामणि पौडेलज्यूले कार्यक्रममा सार्वजनिक सेवा प्रवाह पालिकास्तरबाट बढी हुने र तीनै तहका सरकारहरुबीचमा ई-गभर्नेन्स कार्यक्रममा समन्वय गर्ने प्रतिबद्धता गर्दै कार्यक्रमको समापन गर्नुभयो।