NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

१६औँ पञ्च वर्षीय योजनामा विद्युतीय सुशासन

१६औँ पञ्च वर्षीय योजनामा विद्युतीय सुशासन

सरकारले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सूचना तथा प्रविधिको उचित प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहमा विद्युतीय सुशासन कायम गर्न नीतिगत रूपमै सुधार थालेको छ।

१६औँ पञ्चवर्षीय योजनामा विद्युतीय सुशासनका लागि सरकारले एकै प्रकारको विवरण एकीकृत रुपमा संकलन गर्ने प्रणालीको विकास गरी सूचना प्रविधि एवं डाटावेस प्रणालीबीच अन्तरआवद्धता कायम गर्दै दिगो र भरपर्दो सेवा प्रवाह गर्ने कार्यसंस्कृतिको विकास गर्ने लक्ष्य लिएको छ।

योजनामा एकै प्रकारको विवरण पटक-पटक संकलन नगरी एकीकृत रूपमा संकलन गर्ने प्रणालीको विकास गरी विभिन्न निकायले प्रयोग गरिरहेका सूचना प्रविधि एवं डाटावेशका प्रणालीहरूबीच अन्तरआवद्धता कायम गर्दै दिगो र भरपर्दो सेवा प्रवाह गर्ने कार्यसंकृतिको विकास गर्नुपर्ने देखिएको छ। यसका साथै प्राविधिक एवं साइबर सुरक्षाका दृष्टिले विद्यमान सूचना प्रविधि प्रणालीलाई थप सवल बनाउँदै विद्युतीय सुशासनको कार्यगत तथा संस्थागत विकास र विस्तार गर्ने उल्लेख छ।[पृष्ठ २२१]