NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सुशासन

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सुशासन

सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय सुशासनलाई शासन प्रणालीको महत्वपूर्ण आयामका रूपमा आत्मसात गरेको छ।

नीति तथा कार्यक्रममा विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्नुका साथै विद्युतीय सुशासनको ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरी कार्यप्रक्रिया पुनःसंरचना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। (बुँदा . ११९)

साथै नीति तथा कार्यक्रममा विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता कायम गर्न डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरी विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न तथा स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ। यसका साथै नीति तथा कार्यक्रममा राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरी यसको प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। (बुँदा . ११८)