NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व षष्ठी - ६

विद्युतीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

विद्युतीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

काठमाडौं
सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउँदै विद्युतीय सुशासन कायम गर्न गठित विद्युतीय सुशासन आयोगको पहिलो बैठक १७ वैशाख २०८० सम्पन्न भएको थियो।
सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा गठित आयोगको पहिलो बैठकले देहाएबमेजिमका निर्णय गरेको थियो:
•    E-governance Blueprint निर्माण गर्ने
•    नागरिक सेवा केन्द्र स्थापना गर्ने
•    विद्युतीय सुशासन आयोगलाई कानुनमा समाबेश गर्ने
बैठकमा आयोगका कार्यकारी अधिकृत श्री दीपेश विष्टज्यूले विद्युतीय सुशासन आयोगमा भावी कार्यक्रमहरू बारेमा जानकारी गराउनु भएको थियो।
बैठकमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा आयोगका सहअध्यक्ष रेखा शर्माज्यू, मुख्य सचिव तथा आयोगका सदस्य शंकरदास बैरागीज्यू, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवज्यू तथा आयोगका सल्लाहकार कृष्ण राउतज्यूको उपस्थिति थियो।