NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

विद्युतीय सुशासन आयोगको दोस्रो बैठक सम्पन्न

विद्युतीय सुशासन आयोगको दोस्रो बैठक सम्पन्न

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासन कायम गर्न गठित विद्युतीय सुशासन आयोगको दोस्रो बैठक सम्पन्न भएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा मंसिर ११, २०८०मा बसको आयोगको दोस्रो बैठकले देहायबमेजिमका निर्णय गरेको थियो:
•    विद्युतीय सुशासन नीति,
•    राष्ट्रिय ए.आई शासन रणनीति (National AI Governance Strategy)
•    व्यक्तिगत तथ्यांक सुरक्षा नीति (Personal Data Protection Policy)
•    Business Continuity Plan for Critical Infrastructure निर्माण गर्ने
•    E-Governance Champion तयार गर्ने
•    Digital Governance को लागि संघ, प्रदेश र स्थानीय निकायबीच संयोजन गर्ने

बैठकमा आयोगका प्रमुख कार्यकारी अधिकृत श्री दीपेश विष्टज्यूले विद्युतीय सुशासनको ब्लुप्रिन्ट निर्माण प्रक्रिया अघि बढेको बारे जानकारी गराउनु भएको थियो।
बैठकमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा आयोगका सहअध्यक्ष रेखा शर्माज्यू, मुख्य सचिव तथा आयोगका सदस्य शंकरदास बैरागीज्यू, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवज्यू तथा आयोगका सल्लाहकार कृष्ण राउतज्यूको उपस्थिति थियो।